Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्त


0
Shares

पोखरा । संसदीय दलको ह्वीपविपरीत तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता भएको छ । साथै सोमबारको पत्र शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाहीसम्बन्धी पत्र पढेर सुनाइसक्नु भएको छ ।

यसअघि पनि कारबाहीमा परेका थापाको सांसद पद सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थमौती भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न संसदीय दलले ह्वीप जारे गरे पनि उहाँ मतदान नगरी तटस्थ बसेकोले कारबाही गरिएको संसदीय दलका नेता पियारी थापाले बताउनुभयो ।