मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु • Image Khabar Image Khabar


मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु


Imagekhabar
२७ जेष्ठ २०७८, बिहीबार ०७:५२

मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु

एजेन्सी । भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ ।

मुम्बईको मलाड क्षेत्रमा रहेको भवन क्षतिग्रस्त हुँदा ७ जना घाइते भएका छन् ।

भत्केको भवनको भग्नावशेषबाट १५ महिलालाई उद्धार गरिएको छ र अरु पनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी राखिएको छ ।

पुरानो र जीर्ण रहेको भवनमा अधिकांश मजदुरहरु रहने गरेको भारतीय सञ्चामध्यमहरुले जनाएका छन् ।

यसैबीच मुम्बई सरकारले भत्केको भवनको नजिकमा रहेका अन्य भवनका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ ।

भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्