१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


डा.बाबुराम भट्टराई र हिसिला यमीलाई स्वीडेनमा भब्य स्वागत


0
Shares

काठमाडौं । स्वीडेन पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई गैर आवसीय नेपाली संघ(एनआरएनए) स्वीडेनले भब्य स्वागत गरेको छ ।

२७ जुलाई २०१८ का  दिन एन आरएन ए  स्वीडेनको आयोजनामा राजधानी स्टक होलमको रेस्टुरेन्ट लिलाप्रागमा भब्य रुपमा स्वागत गर्दै प्रवासी नेपालीको समस्या र समृद्ध नेपाल निर्माणका बारेमा अन्तरक्रिया गरियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई र पूर्वमन्त्री समेत रहेकी यमीले स्वेडेनको विकास र समृद्धिबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताए ।

उनीहरुले स्वीडेनमा बसेर नेपालीहरुले सिकेको सीप र ज्ञान नेपालमा लगेर उपयोग गर्नुपर्ने औंल्याए ।

एनआरएनए स्वीडेन अध्यक्ष अर्जुनकुमार श्रेष्ठले डा. भट्टराई र यमीलाई खादा ओडाएर भब्य स्वागत गरेका थिए ।

संघका सचिब राजकुमार पाठकले संचालन गरेको कार्यक्रममा उपस्थित प्रवासीहरुले डा. भट्टराई र यमीलाई विभिन्न जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा सहभागी हुन स्टकहोलम भन्दा पाँचसय किलोमिटर टाडा गोथेम्बर सहरबाट कृष्ण कुमार ढकाल रेस्मिराज समेत सहभागि थिए ।

उपस्थित सहभागीलाई अध्यक्ष श्रेष्ठले विशेष धन्यवाद दिए ।

कार्यक्रममा विदेशमा कमाएको रकम नेपालमा लगेर लगानी गर्न अनेकौं कानुनी झन्झट ब्यहोर्नु  पर्ने भएकाले त्यसलाई सहज बनाइदिन एनआरएनए स्वीडेनले आग्रह गरेको थियो ।