१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


र्‍याफ्टिङका लागि आकर्षक गन्तव्य बन्दै मादी, नदी सरसफाइ मुख्य चुनौती


0
Shares

-उपेन्द्र खनाल/ इमेज

तनहुँ । तनहुँमा साहसिक खेलका रुपमा रहेको र्‍याफ्टिङबाट मनोरञ्जन लिने पर्यटकको संख्या बढ्दै गएको छ  ।

अन्य नदीको तुलनामा बढी सुरक्षित भएकाले र्‍याफ्टिङका लागि मादी नदी धेरैको रोजाइमा पर्दै गएको हो । 

पछिल्ला दिनहरुमा मादी नदीमा दैनिक बीस-पच्चीस जनाको हाराहारीमा र्‍याफ्टिङका लागि विदेशी पर्यटक आउने गरेको तथ्यांक छ ।

पर्यटन विकासको प्रचुर सम्भावना देखिदएको यस नदीलाई व्यवस्थित भने गर्नुपर्ने देखिएको छ । नदीको स्वच्छतालाई कायम राख्नुपर्नेमा मनलाग्दी फोहोर फ्याँकिदा सौन्दर्यता खस्कँदै गएको छ ।

र्‍याफ्टिङका लागि बढी सुरक्षित देखिए पनि यसको सरसफाइमा ध्यान नदिए उत्साहित भएका पर्यटकमा पनि नकारात्मक असर पर्न सक्ने देखिएको छ ।

बहुसम्भावनायुक्त यस्ता सम्पदाको संरक्षण र व्यवस्थित गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयहरु बताउँछन् ।

दमौलीको चाइन पुलबाट दुई मिनेटको पैदलदुरीमा मादी नदीमा पुग्न सकिने भएकाले जलयात्राका लागि विदेशी पुग्ने गरेका हुन् ।

पर्यटकहरुलाई खुसी बनाउन पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउनुपर्ने भए पनि यो क्षेत्र ओझेलमा परेको जलयात्राकालागि पुगेकाहरुको भनाइ छ ।

पोखरा घुमेर आएका पर्यटकहरु यो नदीमा र्‍याफ्टिङको भरपुर आनन्दा लिने गर्छन् । क्यानडा, अमेरिका, कोरिया र जर्मनबाट आएका विदेशी पर्यटकहरुले जलयात्राको रमाइलो अनुभव बटुले पनि पानी स्वच्छ नहुँदा भने केही अप्ठ्यारो मानिरहेका देखिन्छन् ।

यस क्षेत्रको प्रचार प्रसार संरक्षणमा स्थानीय तवरबाट पनि पहल हुन आवश्यक छ ।