फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने • Image Khabar Image Khabar


फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार १४:५५

फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ ।

परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने छ जसका लागि फाइजरले अमेरिका, फिन्ल्याण्ड, पोल्याण्ड र स्पेनबाट ४ हजार ५ सय बालबालिकालाई सामेल गरेको छ ।

ती बालबालिकामा गरिएको परिक्षण सफल भएमा विश्वका करोडौं बालबालिका लाभान्वित हुने फाइजर कम्पनीको भनाई छ ।

फाइजरले जर्मन पार्टनर बायोटेकको सम्वन्यमा कोरोना विरुद्धको खोप निर्माण गरेको हो ।

यस कम्पनीले यसअघि अमेरिका र युरोपेली संघका १२ बर्ष भन्दा बढी उमेर समुहका लागि लगाउन अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्