Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सुदूरपश्चिमको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने


0
Shares

बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने बताउनुभएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता सहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको प्रभाव नियन्त्रण उन्मुख बजेट ल्याइने बताउनुभएको हो ।

शाहले स्वास्थ्य संकट न्यूनीकरणसँगै कोरोनाले अर्थतन्त्रमा पारेको नराकात्मक असरबाट मुक्त गर्ने खालका पुनःउत्थानका कार्यक्रम बजेटको प्राथमिकता हुने उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय तहमा स्वास्थ्यको गुणात्मक विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेशवासीको पहुँच अभिवृद्धि गर्ने, स्वास्थ्य सेवामा प्रदेश सरकारको भूमिकालाई थप सशक्त बनाउने, कृषिको उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउने कुरालाई बजेटमा प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

यस्तै मन्त्री शाहले गरिबी न्यूनीकरणका साथै दिगो आर्थिक विकासका लागि नतिजामुखी काम गर्ने नीति अवलम्बन गर्ने, रुपान्तरणकारी आयोजनामा स्रोत साधनको कमी हुन नदिने कुरालाई समेत ध्यानमा राखेर अगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।