 
	    एजेन्सी । उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ कानुन जारी गरेको छ ।
नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो कानुन जारी गर्नुभएको हो ।
नयाँ कानुन अनुसार उत्तर कोरियामा विदेशी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ ।
यस्तै विदेशी कपडा प्रयोग गर्नेले कानुनी कारवाहीको भागीदार हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ ।
यस्तै विदेशी फेसनको नक्कल गर्नेमाथि पनि कडा कारवाही गर्न नेता उनले निर्देशन दिनुभएको बताइएको छ ।
यसैगरी अवैध भिडियो हेरेमा मृत्युदण्ड दिने नयाँ कानुनमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
इन्टरनेटमा राज्यको नियन्त्रण कायमै राखिएको छ भने सरकारी सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम सञ्चालनमा रोक लगाइएको छ ।
उत्तर कोरियाले आफ्नो मुलुकबाहिरको सूचनामा नागरिकमाथि नियन्त्रण गर्न खोजेको विश्लेषकहरुले बताएका छन् ।
लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको उत्तरले गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरका बारेमा हालसम्म पनि आधिकारीक सूचना बाहिर ल्याएको छैन ।
यसै वर्षको सुरुमा नेता किमले आफ्ना नागरिक कष्टपूर्ण जीवनयापन गरिरहेको बताएपनि अन्यत्रको सहयोग नलिने घोषणा गर्नुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्