अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान • Image Khabar Image Khabar


अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान


Imagekhabar
२२ जेष्ठ २०७८, शनिबार १७:१७

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । अष्ट्रेलियन सरकारले नेपाली सेनालाई कोभिड–१९ को महामारीमा आवश्यक स्वास्थ्य सामग्री दिएको छ । रोयल अष्ट्रेलियन एयर फोर्सको विमानले स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ को प्रतिकार्यका लागि सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरूको सुरक्षार्थ स्वास्थ्य सामग्री प्रयोग गरिने रथी प्रभुराम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्