डडेल्धुरामा औषधि अभाव • Image Khabar Image Khabar


डडेल्धुरामा औषधि अभाव


Imagekhabar
२२ जेष्ठ २०७८, शनिबार १२:३३

डडेल्धुरामा औषधि अभाव

डडेल्धुरा । डडेलधुरामा औषधि अभाव भएको छ ।

निषेधाज्ञा लम्बिदै जाँदा सहज रुपमा औषधीको आयात हुन नसक्दा जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन थालेको हो।

सामान्य ज्वरोका साथै कोरोना संक्रमितले पारासिटोमोल समेत पाउन छाडेका छन् । आवश्यकता भन्दा वढी औषधि खरिद गरेर घरमा राख्दा बजारमा अभाव हुन थालेको औषधि पसल सञ्चालकहरु बताउँछन ।

सामान्य औषधी सिटामोल, ब्रोफिन, आस्थालिन, जिवनजल लगायतका औषधीको अभाव हुँदा बिरामीलाई समस्या हुन थालेको ग्रेस मेडिकलका सञ्चालक जितराज भट्टको भनायछ ।

यस्तै स्थानीय तह अन्र्तगतका स्वास्थ्य चौकी र स्थानीय औषधि पसलहरुमा पनि औषधिको अभावले समस्या बढ्दै गएको छ ।

औषधीको अभावकै कारण दम रोगीहरुले प्रयोग गर्ने कम मूल्यको औषधी आस्थालिनको समेत अभाव भएपछि बढी मूल्य तिरेर औषधी किन्नु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्