अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित • Image Khabar Image Khabar


अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित


Imagekhabar
२० जेष्ठ २०७८, बिहीबार १४:२९

अज्ञात रोगले बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित

अर्घाखाँची । अर्घाखाँचीमा अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका–५ का किसानका २६ वटा बाख्रा बिरामी परेर मरेको वडाध्यक्ष शोभाकर भुसालले जानकारी दिनुभयो ।

१ महिना अघि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले अनुदानमा वितरण गरेका १० वटा बोका वितरण गरेको थियो ।

बोकाबाट लक्षण देखिएको र ति बोका पनि मरेको अन्य बाख्रा पनि धमाधम मरेको वडाध्यक्ष भुसालले जानकारी दिनुभयो ।

अधिकांश बिरामी बाख्रामा ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्