लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीको राजिनामा माग्ने तयारी • Image Khabar Image Khabar


लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीको राजिनामा माग्ने तयारी


Imagekhabar
१९ जेष्ठ २०७८, बुधबार १०:५७

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीको राजिनामा माग्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रदेश सभाको यो आठौँ अधिवेशन हो । प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गर्नु भएको हो ।

आजको बैठकको सुरुवातमा दलका नेताहरुले आ आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।

विपक्षीहरुको विरोधकै बाबजुद लुम्बिनी प्रदेशमा पोखरेललाई दोस्रो पटक मुख्यमन्त्री बनाईएको थियो । विपक्षी गठबन्धनले प्रदेश सभाको बहुमत सांसदहरु आफुसँग रहेको दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्