Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


निषेधज्ञामा कृषकलाई सहजीकरण


0
Shares

कपिलवस्तु । जिल्लामा निषेधाज्ञा भए पनि कृषकलाई कृषि कार्यमा सहजीकरण गरिएको छ ।

रोपाइँको समयमा निषेधाज्ञाले गर्दा कृषकहरू मारमा परेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले खेतीपाती र कृषि कार्यमा कुनै रोक नलगाइएको स्पष्ट पार्नुभयो ।

जिल्लाकै प्रमुख बालीका रूपमा रहेको धान खेतीको मौसम सुरु भएकाले उहाँले ढुक्कसँग खेती गर्न आग्रह गर्नुभयो ।

निषेधाज्ञामा कृषकलाई असजिलो हुने भएकाले कृषि कार्यका लागि बजारमा बिउ किन्न, ढुवानी गर्न, बिउ छर्न, जोत्न, ट्याक्टर चलाउन, मर्मत गर्न, एग्रोभेट सञ्चालन गर्न निर्वाध रूपमा दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रष्ट पार्नुभयो । तर, कृषि कार्यको नाममा भारतबाट अवैध रूपमा बिउ र मल तस्करीमा भने रोक लगाइएको उहाँको भनाइ छ ।

कृषकहरूले धानको बिउ छर्ने बेलामा नेपालमा नपाएकाले भारतबाट ल्याउनु परेको भन्दै स्वदेशमै सहज रूपमा उपलब्ध भए भारतबाट बिउ र मलखाद नल्याउने बताएका छन् ।