Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्‍त्रीको आक्रोश : के अब कालो कोटधारी अराजकहरूले नै न्यायाधीशको फैसला लेख्‍ने ?


0
Shares

काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले संसद् विघटनविरुद्ध रिट दिने र बहस गर्ने वकिलहरूको गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन्। ओलीले कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले न्यायाधीश छान्‍न खोजेको र आफै फैसाला लेख्‍न चाहेको भन्दै उनीहरूको कडा आलोचना समेत गरेका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलले प्रश्न उठाएर विवाद गरेको विषयमा प्रतिक्रिया दिदै ओलीले भने, यो कस्तो सिस्टम खोजेको हो रु के अब वकिलले न्यायाधीश तय गर्ने रु के वकिलले लेखेर ल्याएको फैसला नै न्यायाधीशले पढ्नुपर्छ भन्‍न खोजेको उहाँहरूले रु ओलीले न्यायलय र न्यायाधीश मान मर्यादा र गरिमाको अलिकति पनि ख्याल नगरीकन केही वकिलहरू मर्यादाहीन गतिविधिमा संलग्‍न भएको बताए।

उनले यस्तो प्रवृत्तिले स्वतन्‍त्र न्यायलयलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै प्रश्‍न गरे, कालोकोटधारी व्यक्तिहरूले अदालतलाई कुन हैसियत र अवस्थामा पुर्याउँछ भन्‍ने प्रश्‍न गरे। एमाले सम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश खोजेको आरोप लगाए ।

अन्नपूर्ण