Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


विवेकशीलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईँले ब्यहाेर्ने


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उचारका क्रममा लाग्ने सबै खर्च बि एन्ड सी मेडिकल कलेजका निर्देशक दुर्गा प्रसाईँले ब्यर्होने जनाउनु भएकाे छ ।

प्रसाईँले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मेडिस मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत थापाकाे उपचारमा लाग्ने सबै खर्च बेर्हाेने जनाउनु भएकाे हाे ।

उहाँले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले थाापाकाे उपचारका लागि आर्थिक सहयोगको लागि आह्वान गरेकाे समाचार सञ्चारमाध्यमा अाएपछी सहयाेग गर्ने बताउनु भयाे ।

बि एन्ड सी मेडिकल कलेज टिचिङ अस्पतालको सामाजिक उत्तरदायित्व र मूल्य मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले उपचारको क्रममा मेडिसिटी अस्पतालमा लागेको उहाँको सम्पूर्ण खर्च बि एन्डी सी मेडिकल कलेज टिचिङ अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईँले प्रदान गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।