१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


हेटौंडाकाे सरकारी कार्यालयमा एक पुरुष मृत भेटिए


0
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ काे सरकारी कार्यालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।

मृतकको संस्थानको गोदाममा ज्याला मजदुरी काम गर्ने गरेको र क्षयरोगको बिरामी भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनुभयो । यद्यपि उनको पहिचान हुन सकेको छैन ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोलीले घटनास्थलमा अवस्थाको मुचुल्का उठाउनुभएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।