Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुनसरी घटनाको विरोधमा मोरङको रंगेली बजार बन्द


13
Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा मोरङको पुरानो सदरमुकाम रंगेली बजार बन्द गरिएको छ ।

युवाहरूको समूहले बुधबार बिहानबाटै पसल तथा बजार बन्द गराएका हुन् । घटनामा संलग्नलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति लगायत माग गर्दै युवाले रंगेली बजार बन्द गराएका थिए । रंगेली बजारमा शैक्षिक संस्था, बजार, पसलहरू बन्द भएका छन् ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच झडप भएको थियो । तनाव नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइँदा कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा अरू केही व्यक्ति पनि घाइते छन् ।

घाइतेहरूको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे हाे ।