अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : बन्दुकधारीसहित ८ जनाको मृत्यु • Image Khabar Image Khabar


अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : बन्दुकधारीसहित ८ जनाको मृत्यु


Imagekhabar
१३ जेष्ठ २०७८, बिहीबार ०७:५७

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : बन्दुकधारीसहित ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको हो ।

रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको बुझिएको छ ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बुझिएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् । अमेरिकामा यो बर्षमात्रै २ सय ३० वटा गोली काण्डका घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्