२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भारतमा १८ वर्षमुनिका बालबालिकालाई पनि कोभिड खोप, परीक्षण सुरु


0
Shares

एजेन्सी । कोभिड १९ विरुद्धको अमेरिकी र बेलायती खोप कम्पनी बायोन्टेक र कोभ्याक्सिनले भारतमा २ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।

भारतमा तेश्रो लहरको कोरानाको पूर्व तयारी स्वरूप भारत सरकारको आग्रहमा उनीहरूले खोपको क्लिनिकल ट्रायलको अनुमति दिएको हो । तेश्रो लहरको कोरानाका कारण बालबालिका बढी प्रभावित हुने बताइरहेकै बेला भारतमा खोपको परीक्षण सुरु गरिएको हो ।

हाल ५ सय २५ बालबालिकामा क्लिनिकल ट्रायल गरिने भारत सरकारको तयारी छ । खोप अभियानका लागि भारतका विभिन्न अस्पतालहरू तोकिएका छन् ।

कोरोनाको दोश्रो लहरको महामारीकाबीच भारतका स्वास्थ्यविद्हरूले तेश्रो लहरको कोरोना संक्रमण फैलनसक्ने चेतावनी दिएका थिए । जसबाट १८ वर्षमुनिका बालबालिका प्रभावित हुने उल्लेख गरिएको छ ।