काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने


Imagekhabar
११ जेष्ठ २०७८, मंगलवार १८:१३

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने

काठमाडौं, जेठ ११ । काठमाडौं उपत्यकाका ३ जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो ।

निषेधाज्ञाको कारण कोरोना संक्रमण दर केही कम भएपनि अपेक्षित नतिजा नआएको भन्दै पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

थपिएको अवधिमा निषेधाज्ञालाई थप कडाइका साथ लागू गरिने जनाइएको छ ।

अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ ।

तर, अब किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका ती अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने
काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने
काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने

प्रतिक्रिया दिनुहोस्