
काठमाडौं, कात्तिक १६ । अफ्रिकी मुलुक मालीको उत्तर–पूर्वी मेनाका क्षेत्रमा इस्लामिक लडाकूहरुले सेनाको पोस्टमा गरेको आक्रमणमा एक सर्वसाधारणसहित ५४ जनाको मृत्यु भएको छ ।
सरकारका प्रवक्ता याया संगारले निकै ठूलो क्षति भएको आक्रमणमा १० जना भने जीवितै फेलापरेको जानकारी दिएका छन् ।
आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।
मालीमा यो पछिल्लो दशकमा सेनामाथि भएको अहिलेसम्मकै भीषण आक्रमण हो । सेनाले यसलाई ‘आतंकवादी आक्रमण’ भनेको छ ।
सन् २०१२ मा मुलुकको उत्तरी क्षेत्रमा इस्लामिक लडाकूले नियन्त्रण कायम गरेपछि माली हिंसाको चपेटामा फसेको हो ।
फ्रान्सको सहयोगमा उक्त भू–भाग पुनः सरकारको नियन्त्रणमा आएपनि असुरक्षामा कायमै छ । मुलुकका अरु भागमा पनि हिंसा फैलिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्