
काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका ९कोभिसिल्ड० खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।
नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।
हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बेलायतबाट २० लाख डोज खोप आउने पक्का भएको बताए । ‘विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने पक्का भएको छ । सम्भवतः १र२ दिनमा नै हामीले यसको लिखित अर्थात् आधिकारिक जानकारी पाउनेछौं,’ उनले भने, ‘आधिकारिक पत्र आएपछि खोप ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।’
प्रतिक्रिया दिनुहोस्