Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते


559
Shares

सागर न्यौपाने, स्याङ्जा ।
स्याङ्जाको विरुवा गाउँपालिका–४ मडकिना स्थित घुम्तीमा सोमबार बेलुका जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार विरुवा भित्री सडक खण्डमा घुम्तीबाट विरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित ११ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।