Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, साँझबाट उत्पादन थाल्ने


0
Shares

बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोभिड संक्रमित बिरामीको संख्या वृद्धि भएपछि अक्सिजन अभाव भएकाले व्यवसायी दीपक खनाल र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका कोभिड–१९ इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।

प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने डाक्टर काफ्लेले बताउनुभयो । ‘२४ घण्टामा १५ थान ठूलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ,’ उहाँले भन्नुभयो, ‘परीक्षण पनि भइसकेकाले साँझबाट उत्पादन हुन्छ ।’

मकवानपुरमा पछिल्लो समय अक्सिजन अभाव भए पछि कोभिड अस्पताल सञ्चालन गरेका दुई वटा निजी अस्पतालले उपचार गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।