थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित


0
Shares

हेटौंडा, जेठ ६ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ ।

एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई ३५ मत अन्तरले हराउँदै देवकोटा विजयी हुनुभएको हो ।

देवकोटाले १८३ मत प्राप्त गर्दा थापाले १ सय ४८ मत मात्र प्राप्त गर्नुभएको हो ।

स्थानीय तहबाट खसेको २३३ मत मध्येबाट डा. देवकोटालाई १२८, बादललाई १०३ र कृष्णबहादुर तामाङलाई २ मत खसेको थियो ।

त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १०५ मध्ये डा. देवकोटालाई ५८ मत, बादललाई ४५ मत र तामाङलाई २ मत खसेको थियो ।

खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २ हजार ३ सय ४, बादललाई १ हजार ८ सय ५४ र तामाङलाई ३६ मत प्राप्त भएको हो ।

यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २ हाजर ७ सय ८४, बादललाई २ हजार १ सय ६० र तामाङलाई ९६ मत रहेको हो ।

निर्वाचित देवकोटा र बादलको ३५ मतान्तर मतको अंकभार १ हजार ७४ रहन्छ ।

गृहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट उम्मेदवार बन्दा डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो ।

त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए ।

मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका पाँच जना मतदाता उपस्थित भएका थिएनन् ।