जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त • Image Khabar Image Khabar


जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त


Imagekhabar
१४ कार्तिक २०७६, बिहीबार ११:१८

जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त

कात्तिक, १४ । दक्षिणी जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ । पाँच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ ।

बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त

पाँच सय वर्षअघि जापानको रुक्यु राजवंशले यो महल निर्माण गराएको थियो । काठै–काठले बनेको महललाई जापानले सन् १९३३ राष्ट्रिय सम्पदा घोषणा गरेको थियो ।

तर दोस्रो विश्वयुद्धका क्रममा यो महल क्षतिग्रस्त भएको थियो । ध्वस्त भएको महललाई पुनर्निर्माण गरेर अहिलेको अवस्थामा ल्याइएको थियो ।

जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त

स्थानीय संचारमाध्यमले महलको उत्तरी र दक्षिणी भाग डढेर खरानी भएको बताएका छन् । महल जापानको एक महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित थियो । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्