
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा फैलिएको आगो नियन्त्रण बाहिर गएपछि बिद्यु्त आपूर्ति पूर्ण रुपमा ठप्प हुँदा १५ लाख जनता अन्धकारका बस्न बाध्य भएका छन् ।
आगलागीबाट विद्युत उपकरणहरुमा क्षति नपुगोस भनी सतर्कता अपनाउन विद्युत आपूर्ति बन्द गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
आगलागीका कारण हजारौं मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन् । तीव्र गतिमा हावा चलेका कारण आगो फैलिएको र नियन्त्रणको प्रयास भने जारी रहेको छ ।
सयौंको संख्यामा अग्नी नियन्त्रक र दर्जर्नौं हेलिकप्टरहरु परिचालन गरिएका छन् ।
गत सोमबार बिहानैदेखि सुरु भएको आगालागीका कारण लस एन्जलस नराम्ररी प्रभावित भएको छ । क्यालिफोर्निया राज्यभर आपत्कालीन अवस्था लागू गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्