Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन


0
Shares

काठमाडौं । कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए। तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सुर्खेतका सिताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार सिताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्। उनीहरु दुबैजना माओवादी केन्द्रका सांसद हुन्।

उनीहरु यसअघि बुधवार मन्त्री नियुक्त भए पनि शपथ लिन पाएका थिएनन्। कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो। यसअघि मन्त्री नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन्। माओवादी स्रोतका अनुसार काँगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेका हुन्। यसअघि विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो। तर उनी यसपटक पार्टीको निर्देशनमा ब्याक भएको माओवादीको दाबी छ।

अन्नपूर्ण