सिरियामा हेलिकोप्टरबाट गोली प्रहार गर्दा ९ जनाको मृत्यु, बग्दादीसमेत परेको अनुमान • Image Khabar Image Khabar


सिरियामा हेलिकोप्टरबाट गोली प्रहार गर्दा ९ जनाको मृत्यु, बग्दादीसमेत परेको अनुमान


Imagekhabar
१० कार्तिक २०७६, आईतवार १५:२३

सिरियामा हेलिकोप्टरबाट गोली प्रहार गर्दा ९ जनाको मृत्यु, बग्दादीसमेत परेको अनुमान

दमास्कस, कात्तिक १० । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सन्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।

आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ ।

अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको जानकारी दिए ।

‘बग्दादी मारिएका हुन् वा होइनन् भन्नेबारेमा पुष्टि गर्नसक्ने अवस्थामा छैनौं । तर, उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो’–उनले भने । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्