Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रधानमन्त्री ओलीबाट बाकु अतेस्गाहको अवलोकन


0
Shares

मनोज कार्की (रासस)

बाकु (अजरबैजान), कात्तिक ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गरेका छन् ।

१७औं र १८औं शताब्दीमा बनेको र हिन्दु, शिख तथा जोरोअस्ट्रियनले पूजा गर्ने पाँचकुने यस मन्दिरलाई बाकुको अग्नि मन्दिर पनि भनिन्छ ।

प्रधानमन्त्री ओली असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको १८औं शिखर सम्मेलनमा सहभागी हुन बाकु आइपुगेका हुन् ।

उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन् ।