Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


यता, नागरिक बने अनागरिक


0
Shares

काठमाडौं । कोभिड संक्रमण अनियन्त्रित भइरहेको वेला सरकारको तयारी के छ रु एउटा उदाहरण लुम्बिनी प्रदेशमा छ । कुल १६ हजार नौ सय आठ सक्रिय संक्रमितमध्ये १४ हजार आठ सय ४१ जना घरमै छन् । दुई हजार एक सय बिरामी अस्पताल जाँदा बेड पाएका छैनन् ।
प्रदेश मुकाम रहेको रुपन्देहीका अस्पतालमा नै बेड नपाएपछि बिरामीहरू अस्पतालको भुइँमा, गोदाममा र शवगृहको पेटीमा समेत सुतेका छन् । तर, उनीहरूका लागि अक्सिजको समेत अभाव हुँदै गएको छ ।

दुई साताअघि नेपालगन्जमा जे अवस्था थियो, अहिले रुपन्देहीमा त्यही अवस्था आएको छ । तर, सरकारले न नेपालगन्जमा कुनै व्यवस्था गर्न सक्यो, न त्यहाँको पाठ लिएर अन्य क्षेत्रमा तयारी ग¥यो । त्यसैले अहिले संक्रमित नागरिक बेवारिसे भएका छन् ।

भैरहवास्थित २५ बेडको कोभिड अस्पतालमा करिब सयजनाको उपचार भइरहेको छ । बेड खाली नभएकाले अस्पताल परिसरको भुइँ, पेटी, गोदाम, पुरानो शवगृह, भवनका पेटीमा राखेर बिरामीको उपचार भइरहेको छ । तर, सबै बिरामीका लागि आवश्यक अक्सिजन नभएकाले समस्या थपिएको छ ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ताले बेड अभावमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपरेको बताइन् । ‘हामीले व्यवस्था गर्न सक्ने अवस्था छैन, बिरामी आफैँले आफूलाई सहज स्थान खोजेर बिस्तारा लगाई बस्ने गरेका छन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘त्योभन्दा ठूलो समस्या अक्सिजनको भयो । उपचारको आशामा आएका बिरामीलाई अक्सिजन दिन सकिएन भने दुर्भाग्य हुन्छ ।’

अस्पतालमा अक्सिजन भण्डारण गर्ने कुनै व्यवस्था छैन । उद्योगबाट आएका अक्सिजन सीधै प्रयोग हुने हो । ‘माग बढेकाले सिलिन्डर अभाव हुन थालेको छ, हामी चिन्तित छौँ,’ उनले भनिन् ।

नयाँ पत्रिका