Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

बैठकमा गृहमन्त्री गुरुङले ३ अध्यादेश पेश गर्ने

2.7k
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार पनि बस्ने भएको छ ।

सिंहदरबारमा प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको हो । प्रतिनिधिसभामा विभिन्न अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो। सोमबार बैठकमा प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक सोमबार अपराह्न सवा १२ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा उपाध्यक्ष निर्वाचन प्रक्रियामा सदस्य प्रेमप्रसाद दंगालले ‘लिलाकुमारी भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव प्रस्तुत सभासमक्ष गर्नुहुने भएको छ । सोही बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०र८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हो।