आइसोलेसन सञ्चालनका लागि कांग्रेसले दियो पार्टी कार्यालय « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


आइसोलेसन सञ्चालनका लागि कांग्रेसले दियो पार्टी कार्यालय


0
Shares

सुनसरी । नेपाली कांग्रेस सुनसरीले पार्टी कार्यालय भवन आइसोलेसन सञ्चालनको लागि इनरुवा नगरपालिकाको जिम्मा लगाएको छ ।

कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यकता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनुभयो ।

कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवन नगरपालिकाको जिम्मा लगाइएको बताउनुभयो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कांग्रेस पार्टी कार्यालयमा ३० बेडको अक्सिजन सहितको आइसोलेशन बनाउन सुरु गरिएको बताउनुभयो ।

उहाँले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी कोरोना संक्रमित नगरवासीको उपचारार्थ एम्बुलेन्सका रुपमा प्रयोग गर्ने बताउनुभएको छ ।