
काठमाडौं । बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोनसनले बे्रक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
हाउस अफ् कमन्समा सांसदहरुले बे्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको समीक्षाका लागि दिइएको छोटो समयमा विधेयकको विपक्षमा मतदान गरेका हुन् ।
मतदानपछि युरोपियन युनियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ईयूका नेताहरुले अक्टोबर १ को बे्रक्जिटको म्यादलाई थप गर्न सिफारिस गर्ने सुझाव दिएको बताइएको छ ।
प्रधानमन्त्री जोनसनले भने अक्टोबर महिनाभरीका लागि बेक्जिटको म्याद थप गर्न चाहेको बताएका छन् ।
युरोपियन आयोगका एक जना अधिकारीले भने प्रधानमन्त्री जोनसनको म्याद थप्ने प्रस्ताव आएमा ईयूको काउन्सिल बैठकमा छलफलका लागि लैजाने बताएका छन् ।(एजेन्सी
प्रतिक्रिया दिनुहोस्