
काठमाडौं । प्रिसिजन अन्तर्गतको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा इङलिश क्लव म्यानचेष्टर युनाइटेडले पहिलो जित हासिल गरेको छ ।
यसअघिका दुई खेलमा बराबरी गरेको म्यानयुले आज बिहानको खेलमा इटालियन क्लब एसी मिलानलाई सडन डेथमा पराजित गरेको हो ।
निर्धारित समयसम्म १-१ को बराबरी भएपछि टाइब्रकेरमा धकेलिएको खेलमा म्यानयु ९-८ ले विजयी भयो ।
अर्को खेलमा इङलिश क्लव टोटनह्याम हट्सपरले इटालियन क्लव एएस रोमालाई ४-१ ले हरायो । म्यानचेष्टर सिटी भने पराजित भएको छ ।
म्यानसिटीलाई प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलले २-१ ले हरायो ।
लिभरपुलका लागि मोहम्मद सालेह र सादियो मानेले गोल गरेका थिए । खेलमा भने म्यानसिटीले लेरोए सानेको गोलबाट अग्रता लिएको थियो ।
त्यस्तै इटालियन क्लव युभेन्टसले जर्मन क्लव बायर्न म्युनिखलाई २-० ले हराउँदा बेनेफिकाले बोरुसिया डर्टमन्डलाई टाइबे्रकरमा ४-३ ले पराजित गर्यो ।
प्रतिक्रिया दिनुहोस्