१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग शिलान्यासको तयारी, जाइकाले १६ अर्ब सहयोग गर्ने


0
Shares

काठमाडौं । राजधानी काठमाडौं भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ ।

सडक विभागका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्नुहुने छ ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ  ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा सुरुङमार्गको निर्माण हुन लागेको हो ।

करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्नेछ भने छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ ।

प्रवेश मार्गसहित ५ दशमलव ५–६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ  ।

यो सुरुङमार्ग निर्माणसँगै नागढुंगा नौबिसेमा देखिएको सवारी जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।