१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


चिलीमा प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु, मूल्यवृद्धिको निर्णय स्थगित


0
Shares

अपडेटः

काठमाडौं, कात्तिक ३ । ल्याटिन अमेरिकी मुलुक चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शनकाक्रममा तीनजनाको मृत्यु भएको छ ।

राजधानी सान्टियागोको एक सुपरमार्केटमा गरिएको आगजनीकाक्रममा दुईजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो ।

प्रदर्शन हिंसात्मक बनेपछि भने राष्ट्रपति सेबास्टिन पीनेराले मूल्यवृद्धि गर्ने निर्णय स्थगित गरेका छन् ।

सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गर्दा पनि प्रदर्शन नरोकिएपछि सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो ।

रातको समयमा प्रदर्शन झन् चर्किएपछि कर्फ्यु आदेश जारी गरिएको थियो ।

मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उच्च आवत–जावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडादर करिब १.१७ डलरले बढाइएको थियो । (एजेन्सी)