साइबेरियामा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु • Image Khabar Image Khabar


साइबेरियामा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु


Imagekhabar
२ कार्तिक २०७६, शनिबार १९:०७

साइबेरियामा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं, कात्तिक २ । रुसको *साइबेरियास्थित क्रास्नोपार्क्स् क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् ।

घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शनिबार भारी वर्षापछि आएको बाढीका कारण बाँध भत्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

बाँध निर्माणकाक्रममा सुरक्षा अनुगमनलाई उल्लंघन भएको भन्दै अनुसन्धान सुरु गरिएको छ । (एजेन्सी)

*साइबेरिया हुनुपर्नेमा यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ–सम्पादक ।

 

प्रतिक्रिया दिनुहोस्