 
	    काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिको संरक्षण र शिक्षाको विकासबाट मात्र मुलुकको परिवर्तन सम्भव हुने बताएका छन् ।
काठमाडौको नेपाल आदर्श बिद्यार्थी परिवारले शनिबार गरेको अभिनन्दन तथा विद्यालयका भूतपूर्व प्रधानाध्यापक हरिशंकर श्रेष्ठको प्रतिमा अनावरण कार्यक्रममा उनले शिक्षालाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए ।
संस्कृतिको संरक्षण नगरिए राष्ट्रिय पहिचान संकटमा पर्ने भएकाले कला, संस्कृति, भाषा र साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
उनले भूतपूर्व प्रधानाध्यापक श्रेष्ठ शैक्षिक मात्र नभई सामाजिक अभियान्ता भएको बताए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मानित गरीएको थियो ।
नेपाल आदर्श विद्यालय परिवारले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्