२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


राष्ट्रपति ट्रम्पको निर्णय बारे सांसदहरुद्वारा आलोचना, जातीय युद्ध हुने आशंका


0
Shares

काठमाडौं । अमेरिकी सिनेटका बहुमत सदस्यहरुले सिरियाबाट सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको आलोचना गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सिरियाबाट सैनिक फिर्ता ल्याउन गरेको निर्णय रणनीतिक सपना भएको टिप्पणी गरेका छन् । यसअघि टर्कीले आफ्नो सैन्य कारवाही रोक्ने सहमति जनाएपनि हमलाहरु जारी रहेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी सेना फिर्ता भएलगत्तै टर्कीले उत्तरी सिरियामा रहेका कुर्दिश लडाकूलाई हटाउन सैन्य कारवाही थालेको जनाएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगानले आतंकवादी मानिएका कुर्दिश लडाकूलाई उत्तरी सिरियाबाट हटाएर टर्कीका २० लाख सिरियन शरणर्थीलाई पुनस्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।

टर्कीको सैन्य कारवाहीले जातीय युद्ध निम्तने खतरा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले टर्कीको उक्त कदको बिरोध गर्दै आएका छन् ।(एजेन्सी)