
काठमाडौं, कात्तिक १ । एभरेस्ट बैंकले २५औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य परीक्षण एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार बैंकको प्रधान कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी एवं सेवाग्राहीले रक्तादानसहित निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्