व्यापारीलाई दुई लाख जरिवाना • Image Khabar Image Khabar


व्यापारीलाई दुई लाख जरिवाना


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १९:२३

व्यापारीलाई दुई लाख जरिवाना

सागर महत (इमेज)

अर्घाखाँची, कात्तिक १ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित चुत्राबेसीका एक व्यापारीलाई कम तौल राखेर उपभोक्तालाई ठगी गरेको भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

सन्धिखर्कमा किराना पसल चलाइरहेका कपिलवस्तुका सन्जयकुमार कलवारले ३० र २५ किलोको चामलमा एक केजी घटाएर उपभोक्तालाई ठगेको भेटिएपछि उक्त जरिवाना तिराइएको हो ।

अनुगमन गर्न गएको टोलीले ठगी गरेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सन्धिखर्क नगरपालिकाले दुई लाख ५०० रुपैयाँ जरिवाना तिराएको अनुगमन टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिए ।

चाडपर्वको समयमा उपभोक्ता ठगिनेक्रम बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालयसहितको टोलीले शुक्रबार बजार अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्