कोरोना संक्रमित प्रदेश सभासदस्य शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो • Image Khabar Image Khabar


कोरोना संक्रमित प्रदेश सभासदस्य शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो


Imagekhabar
१६ बैशाख २०७८, बिहीबार १७:४९

कोरोना संक्रमित प्रदेश सभासदस्य शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

वीरगञ्ज, बैशाख १६ । कोरोना संक्रमणले सिकिस्त बनेका प्रदेश २ का सांसद ओमप्रकाश शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

संक्रमण पुष्टि भएको १० दिनदेखि होम आइसोलेसनमा बस्दै आएका शर्माको स्वास्थ्य अवस्था विग्रिएपछि बिहीबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्मालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्