
जलेश्वर, कात्तिक १ । महोत्तरीको गौशाला–सम्सी सडकखन्डमा टिपरले ठक्कर दिँदा शुक्रबार बिहान बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार सो सडकखन्डको सम्सी गाउँपालिका–२, पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका ८ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो ।
टिपर तीव्रगतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो ।
मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखन्ड चक्काजाम गरेका छन् ।
पोखरीमा डुबेर बालिकाको मृत्यु
महोत्तरीको महोत्तरी गाउँपालिका–६, हरिगौरीगामा पोखरीमा डुबेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
बालिका ठाकुर साथीसँग घरनजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो ।
मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्