 
	    काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसले बुधबारका लागि बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।
पार्टीका केही केन्द्रीय सदस्य, कार्यालयका कर्मचारी र सुरक्षा गार्डमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।
बुधबार हुने बैठकका लागि भन्दै कांग्रेसले मंगलबार केन्द्रीय सदस्य र कर्मचारीहरूको पिसिआर परीक्षण गरेकामा केहीमा संक्रमण देखिएको हो ।
कांग्रेसले पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक डाकेको थियो । स्थगित केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने टुंगो गरिएको छैन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्