२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


‘ब्रेक्जिट’का विषयमा बेलायत र ‘इयू’बीच सहमति


0
Shares

काठमाडौं, असोज ३० । युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा बेलायत र युरोपेली युनियन (इयू)बीच ब्रसेल्समा सहमति भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै नयाँ सहमति गरेर स्थिति नियन्त्रणमा ल्याएको उल्लेख गरेका छन् ।

दुवै पक्षले ‘ब्रेक्जिट’ सहमतिको कानुनी भाषाबारे सहमतिको प्रयास गरिरहेका थिए ।

तर, यो सहमतिलाई बेलायत र युरोपेली संसद दुवैले अनुमोदन गर्नुपर्ने हुन्छ ।

बेलायतको डेमोक्र्याटिक युनियनिस्ट पार्टी (डीयुपी)ले आशंका व्यक्त गर्दै उक्त सहमतिलाई समर्थन गर्न नसक्ने जनाएको छ ।

डीयुपीले सन् २०१७ मा भएको आमचुनावयता कन्जरभेटिभ पार्टीको सरकारलाई समर्थन दिँदै आएको छ ।

नर्दन आयरिस पार्टीले विज्ञप्तिमार्फत् अहिलेकै अवस्थामा आएका प्रस्तावलाई समर्थन गर्न नसक्ने जनाएको छ ।

तर, युरोपेली आयोगका अध्यक्ष जेयन क्लाउड जंकरले पछिल्लो सहमतिलाई ‘निष्पक्ष र सन्तुलित’ भनेका छन् ।

प्रधानमन्त्री जोन्सन र जंकर दुवैले आ–आफ्ना सांसदलाई उक्त सहमतिलाई समर्थन गर्न आह्वान गरेका छन् ।

बेलायती प्रधानमन्त्रीलाई यही अक्टोबर ३१ अघि आफूले तयार पारेको ब्रेक्जिट सम्झौता प्रस्तावप्रति संसदको अनुमोदन हासिल गर्न निकै महत्वपूर्ण ठानिएको छ । (एजेन्सी)