काठमाडौं । स्पेनको बार्सीलोनामा जारी सरकार विरोधी प्रदर्शनले फुटबल म्याच प्रभावित हुने संकेत देखिएको छ ।
स्पेनिस लिग अन्तर्गत यही अक्टोबर २६ मा हुने रियाल मड्रिड र बार्सिलोनाविचको खेल बार्साको मैदानबाट रियाल मड्रिडको मैदानमा सार्न लागिएको छ ।
‘एल क्लासिको’को उक्त खेल बार्सीलोना को मैदान नुओ क्याम्पबाट मड्रिड शहरमा रहेको रियाल मड्रिडको मैदानमा सार्ने तयारी गरिएको हो ।
यसका लागि ला लिगाले स्पेनिस फुटबलको सर्वोच्च निकायसँग अनुमति मागेको छ ।
बार्सीलोनामा विगत एक सातादेखि लगातार जनप्रदर्शन भईरहेकोले सुरक्षाको गम्भिर चासो उत्पन्न भएको ला लिगाको तर्क छ ।
तर ला लिगाको यो प्रस्तावलाई बार्सिलोना फुटबल क्लबले अस्विकार गर्ने संभावना छ ।
अलग्गै क्याटलन राज्यको पक्षमा रहेका ९ जना नेताहरुलाई स्पेनको सार्वेच्च अदालतले जेल सजाय सुनाएपछि बार्सिलोनामा विगत ५ दिनदेखि सरकार विरोधी प्रदर्शन जारी छ ।
प्रतिक्रिया दिनुहोस्