Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


गुड्ने र उड्नेमा विभेद भयाे, सरकारको कदमको अवज्ञा गर्छौः यातायात व्यवसायी


13
Shares

corona bus service resume

काठमाडौं । सरकारले गुड्ने र उड्ने यात्राको साधनमा विभेद गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।

सोमबार जिल्ला प्रशसन कार्यायल काठमाडौंले उपत्यकामा निषेधाज्ञा जारी गर्दै यातायतका साधन बन्द गर्ने निर्णय गरेसँगैं यातायात व्यवसायीहरुले विभेद गरेको बताएका हुन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विमान चल्न दिने तर सार्वजनिक यातायत बन्द गर्ने सरकारको नीति विभेदकारी भएको बताए ।
सार्वजनिक सवारीमा रोक तर विमान सञ्चालनमा निरन्तरताले कोभिड महामारी नियन्त्रण नहुने उनको भनाइ छ ।

‘सरकारले सर्वसाधारणले प्रयोग गर्ने सवारी बन्द गरेर मात्र कोरोना नियन्त्रण हुने सोचले कोभिड नियन्त्रणमा आउँदैन’, महासचिव सिटौलाले भने, ‘विमानलाई चल्न दिएर सार्वजनिक सावारी साधन मात्रै बन्द गर्ने गरी निर्णय कार्यान्वयनमा सरकार लागे अवज्ञा गर्छौ ।’

विमानस्थलसम्म जानेका लाग साधन आवश्यक रहेकाले गर्दा सवारी साधन चल्न दिनुपर्ने व्यवसायीको माग छ ।

विगत १ वर्षदेखि यतायत क्षेत्रको लगानी धरासायी भैरहेकाले गर्दा ठूला लगानी र लाखौंको रोजीरोटी संकटमा परेकोको सरकारले यातायत सञ्चालनमा सहजीकरण गर्नुपर्ने सिटौलाको माग छ । कारोबार