संखुवासभामा पाँच किलो सुन र नगदसहित एकजना पक्राउ • Image Khabar Image Khabar


संखुवासभामा पाँच किलो सुन र नगदसहित एकजना पक्राउ


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १३:५९

संखुवासभामा पाँच किलो सुन र नगदसहित एकजना पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ लिङगममा ५ किलो सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी–१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाको चेपुवा प्रहरी चौकी टोलीले चेक जाँच गर्ने क्रममा भोटेको झोलाबाट ५ किलो सुन, ३८ हजार ८० रुपैंया नगद र चिनियाँ मुद्रासमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

उनले यति ठूलो परिमाणको सुन संखुवासभामा पक्राउ गरिएको यो पहिलो घटना भएको बताए ।

खाँदवारीबाट गाडी र पैदल गरि २ दिन टाढा रहेकाले भोटेलाई सोमबार पक्राउ गरिएपनि सदरमुकामसम्म ल्याउन समय लागेको र थप अनुसन्धान भइरहेकोे बताइएको छ । सुन छिमेकी देश चीनको तिब्बतबाट ल्याएको अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्