स्पेन युरोकप फुटबल प्रतियोगिताको लागि छनौट • Image Khabar Image Khabar


स्पेन युरोकप फुटबल प्रतियोगिताको लागि छनौट


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १०:१३

स्पेन युरोकप फुटबल प्रतियोगिताको लागि छनौट

काठमाडौं । स्वीडेनसँग बराबरी खेल्दै स्पेन अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताको लागि छनौट भएको छ ।

गएराति विडेनमा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि स्पेनले युरोकपको टिकट काटेको हो ।

यही समुहको अर्को खेलमा रोमानियाले नर्वेसँग १–१ गोलको बराबरी खेलेका छ ।

गएरातिका खेलहरुपछि समूह ‘एफ’ मा ८ खेलबाट २० अंक जोड्दै स्पेनले युरोकपमा ठाउँ पक्का गरेको हो ।

दोस्रो स्थानको स्विडेनको १५ अंक छ भने १४ अंकसहित रोमानिया तेस्रो स्थानमा छ ।

युरोकप फुटबल छनौटकै अन्य खेलहरुमा स्विट्जरल्याण्डले आयरल्याण्डलाई २–० ले हराउँदा इटालीले लिचेस्टाइनलाई ५–० ले, ग्रिसले बोस्नियालाई २–१ ले तथा फिनल्याण्डले अर्मेनियालाई ३–० ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्