१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


धरानमा साथीलाई छुरा प्रहार गर्ने समातिए


0
Shares

धरान, असोज २८ । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसलनजिक ३० वर्षीय सविन भुजेललाई धरान–५, देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए ।

उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

मंगलबारै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमा छुरा प्रहार भएको थियो ।

सविनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस